April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

किम जङ कि पत्नी एक वर्षपछि सार्वजनिक

2.7K

काठमाडौँ – उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।

प्राय: किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्।उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको आकलन गरिएको थियो।

Advertisement

दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोभिड-१९ को डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो।
उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन।

सरकारी सञ्चारमाध्यममा एक पटक फेरि उनलाई राष्ट्रपति लेखिएको छ र पहिले प्रयोग गर्ने गरिएका आधिकारिक पद सभापति प्रयोग गरिएको छैन।पहिलो पटक गत साता उत्तर कोरियाली समाचारसंस्थाले पहिलो पटक उनलाई राष्ट्रपति लेखेको थियो।बिबिसी