November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना भाइरसले कसरी रुप बदल्छ ? एन्टीबडीसंग कसरी बच्छ ? एउटा वैज्ञानिक अध्ययनको खुलासा

2K

जेन्सी: कोरोना भइरस संक्रमणको विश्वब्यापी महामारीको क्रम जारी रहेकै बेला नयाँ स्वरुपका भाइरस संक्रमणको अर्को पिरलो थपिएको छ । ब्रिटेनबाट शुरु भएको यो क्रम विश्वका थुप्रै मुलुकहरुमा पुगिसकेको छ । यही क्रममा वैज्ञानिकहरुले कोरोना भाइरसले कसरी रुप बदल्छ ? र मानव शरीरमा रहेको एण्टिबडीसंग कसरी बच्छ भन्ने विषयको रहस्य पत्ता लगाएका छन ।

अमेरिकाको यूनिभर्सिटी अफ पिटर्सवर्गका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार कोरोना भाइरसले आफ्नो जिनेटिक सीक्वेन्स् (अनुवांशिक क्रम) को स्पाइक प्रोटिनको आकार बदलिने भागलाई नष्ट गरिरहेको छ । यो अध्ययनको रिपोर्ट साइन्स नामत्र पत्रिकामा प्रकाशित भएको छ ।

काँडा जस्तै देखिने कोरोना भाइरसको बाहिरि आवरणलाई स्पाइक प्रोटिन भनिन्छ । यो स्पाइक प्रोटिन शरीरका कोशिकाहरुमा गएर टाँसिन्छ । त्यसपछि यसमा रहेको काँडाले कोशिकाको बाहिरि परतलाई छेदन गर्छ । त्यही बाटो भएर भाइरस कोशिका भित्र प्रवेश गर्छ र आफुलाई विकास गर्न थाल्छ ।

Advertisement

यो अध्ययनका लागि वैज्ञानिकहरुले विश्वभरबाट स्पाइक प्रोटिनका १ लाख ५० हजार जीन सिक्वेन्सहरु जम्मा गरे । जसको परीक्षण पछि वैज्ञानिकहरुले कोरोना भाइरसले आफ्नो बाहिरी परत निर्माण हुने जीनेटिक सिक्वेन्स्लाई नष्ट गरिरहेको तथ्य पत्ता लगाएका हुन ।

यो अध्ययनले विश्वभर फैलिएको कोरोना भाइरसका नयाँ रुपहरु मध्ये ९ वटा रुप निकै चिन्ताको कारण बनेको खुलासा भएको छ । नयाँ रुपको भाइरसले खोप र एण्टिबडीको आक्रमणबाट आफुलाई बचाउन सफल भएको तथ्य पनि यो अध्ययनबाट पत्ता लागेको छ ।

कुनै विरामीको रोग प्रतिरोधी क्षमता कमजोर छ र उ विगत ७४ दिनदेखि कोरोना संक्रमित छ भने कोरोना भाइरसले निश्चित रुपमा उसको ज्यान लिने तथ्य पनि यो अध्ययनले पत्ता लगाएको छ ।

यो अध्ययनका एक सहभागी यूनिभर्सिटी अफ पिटर्सवर्गका अनुशन्धानकर्ता केविन मेक्कार्थीका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ रुप निकै खतरनाक प्रकृतिको छ ।