November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पाकिस्तानमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

2.3K

इस्लामावाद– पाकिस्तानमा कोभिड– १९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु भएको छ। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिने घोषणा गरेको छ। यो खोप चीन सरकारले उपलब्ध गराएको हो।

चीनले सिनोफार्म फर्मास्युटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो। यसै महिनाको अन्त्यसम्ममा अरू लाखौँ डोज आखोप पाकिस्तान ल्याउने र आमजनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ।

सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरूले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन्। करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ।

Advertisement