April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाकिस्तानमा भएको दुर्घटनामा १४ जनाको मृत्यु

2.2K

इस्लामाबाद– पाकिस्तानको दक्षिणपश्च्मि बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ ।

Advertisement

घटनामा परी ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । रासस/सिन्ह्वा