April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अमेरिकामा भीषण हिमपात, न्यूयोर्कमा सङ्कटकाल

2K

एजेन्सी – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा हिमपातका कारण हवाई उडानहरू रद्द र खोपकेन्द्रहरू बन्द हुनुका साथै न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ।स्थानीय समयानुसार सोमवार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बताइएको छ।

अमेरिकी मौसम विभागले मङ्गलवारपछि मात्रै हिमपात कम हुने बताएको छ।न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने मङ्गलवार विद्यालय बन्द गरिएका छन्।हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएकाे बिबिसीले बताएको छ।

Advertisement