काठमाडौं: नेपाली काँग्रेसले म्यान्मारकी नेतृ आङसाङ सुकीलाई तत्काल रिहा गर्न माग गरेको छ । सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस म्यानमारको ‘सैन्य कू’ को बिपक्षमा रहेको र सुकीको तत्काल रिहा गर्नुपर्ने पक्षमा भएकाले तत्काल रिहा गर्नुपर्ने बताउनु भएको छ । उहाँले ट्वीटमार्फत निर्वाचित सरकारकार पुनर्स्थापना गर्न पनि माग गर्नुभएको छ ।
म्यानमारमा नयाँ संसद नबस्न भनिरहँदा आज सोमबार संसद बैठक बस्नु अघि नै स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई सेनाले पक्राउ गरेको थियो ।
गएको नोभेम्बरमा भएको निर्वाचनमा सुकीको नेशनल लिग फर डेमोक्र्यासीले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। तर सेनाले भने निर्वाचनमा धाँधली भएको भनेर नयाँ संसद बैठक बस्न दिएको थिएन ।