सुभा (फिजी)- दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर पाँच जना बेपत्ता भएका छन्। सरकारी अधिकारीहरुले कम्तीमा एक व्यक्तिको मृत्यु भएको र ५ जना बेपत्ता भएको बताएका छन्।
आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको वेग १४० किलोमिटर प्रतिघण्टा रहेको थियो। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ।
राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ।
आँधी प्रभावित ७ हजार ६०० भन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ।