April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा ट्याक्टर र्‍यालीमा एक प्रदर्शनकारीको मृत्यु

2.1K

नयाँ दिल्ली– भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा प्रदर्शन गरेको ट्याक्टर र्‍यालीका क्रममा प्रहरीसँग भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीसँग भएको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको बिबिसीले जनाएको छ।

राजधानी नयाँ दिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्‍याली निकालेपछि सुरक्षाकर्मीसँग झडप भएको हो।

गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्‍यालीमा हस्तक्षेप गर्नुपरेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।

Advertisement