April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ट्रम्पमाथि लागेको महाअभियोग प्रस्ताव माथिल्लो सदनमा पुग्याे

2.5K

काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोगकाे प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।

तल्लो सदनका महाअभियोग व्यवस्थापकले सोमबार माथिल्लो सदनलाई ट्रम्पमाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाइ प्रक्रियाका लागि बाटो खुलेको छ । यही जनवरी ६ तारिखमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक बसेको बेला संसदमा हिंसात्मक आक्रमण भएको थियो ।

Advertisement

आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । ट्रम्पकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको आरोप लागेको छ ।