November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

युरोपमा खोप अभियान नै स्थगित

4.7K

बर्लिन–युरोपका विभिन्न मुलुकमा कोरोनाको खोप अभावमा खोप अभियान स्थगित गरिएको छ। बेलायतको कम्पनी एस्ट्राजेनेकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ।

युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो। अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनेकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन।

संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ।

Advertisement