April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार पुग्यो

2.1K

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख २० हजार २८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार ७५८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

Advertisement

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ५१ लाख पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ५१ लाख जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ७४ हजार ८१० जनामध्ये २७ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।