महाराष्ट्र- भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई)को गेटमा आगलागी भएको छ। सेरमको उत्पादन प्लान्ट टर्मिनल-१ गेटमा आगलागी भएको इन्डिया टिभीको अनलाइन संस्करणले समाचार प्रकाशन गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार दिउँसोबाट आगलागी सुरु भएको हो। सेरमको टर्मिनल १ गेटमा आगलागी भएको बताइएको छ। आगलागीको कारण खुलेको छैन। अहिले प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
सेरमले कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्ड विकास गरेको छ। सोही भ्याक्सिन बिहीबार नै नेपाल आइपुगेको छ।