वासिंटन डिसी– अमेरिकी निर्वाचित राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा पहिलाको जस्तो भीड नहुने बताइएको छ।
राष्ट्रपति निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले स्थानीय समयानुसार करिब १२ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। उनीहरूहरूलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले सपथ ग्रहण गराउनेछन्।
गत जनवरी ६ मा अमेरिकी क्यापिटलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यकर्ताले गरेको हिंसात्मक झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।