January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

भारतमा तीर्थयात्रु चढेको बसमा आतंकवादीहरुले आक्रमण गर्दा ९ जनाको मृत्यु, ३३ घाइते

1.4K

काठमाडौं । भारतमा तीर्थयात्रु चढेको बसमा आतंकवादीहरुले आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । भारतको जम्मु कश्मिरको रायसी शिवखोरी गुमा मन्दिर जान चढेका तीर्थयात्रुको बसमा अन्धाधुन्ध आक्रमण हुँदा ३३ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार तीर्थयात्रु बोकेको बस कटरातर्फ जाँदै गरेका बेला आतंकवादीहरुले आक्रमण गरेका थिए । अन्धाधुन्द गोली चलेपछि बसका चालकले आफ्नो नियन्त्रण गुमाउँदा बस खाल्डोमा खसेको थियो ।

घटना भएको क्षेत्रमा उद्धार कार्य जारी रहेकोसमेत बताइएको छ । घाइतेलाई तत्काल उपचारका लागि नजिकैको नरैनापुर र रियासी जिल्ला अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Advertisement

मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । यात्रीहरु उत्तर प्रदेशबाट मन्दिर दर्शनका लागि आएको बताइएको छ ।

घटनापछि उक्त क्षेत्रलाई भारतीय सुरक्षा बलले पूर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ । स्थानीयहरुले पनि उद्धार गरिरहेको जनाइएको छ ।