April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त, आइतबार शपथ ग्रहण

2.4K

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री शुक्रबार नियुक्त गरेकी हुन्।

शुक्रबार बसेको सत्तारुढ गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेपछि उनले नयाँ सरकार बनाउने दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए।

राष्ट्रपतिसँग भेटपछि मोदीले आफूलाई राष्ट्रपतिले नवनिर्वाचित प्रधानमन्त्रीका रुपमा काम गर्न नियुक्त गरेको बताएको बीबीसीले उल्लेख गरेको छ। नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबारसम्म राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सूची पठाउने बताएका छन्।

Advertisement

लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिनेछन्।