एजेन्सी–अमेरिका राष्ट्रपति निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा वाशिङटन डिसीलगायतका सहरमा प्रदर्शन भएको छ।
वाशिङटन डिसीसहित लस एन्जलस, रालेह, नर्थ क्यारोलिना, पोर्टल्याण्ड, ओरेगन र न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन भएको हो।
वाशिङटन डिसीमा ह्वाइटहाउसबाहिर भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो। सो क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ।