April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नयाँ प्रजातिको कोरोनाले २०२१ झन् कठिन हुने डब्ल्युएचओको दाबी

2.6K

काठमाडौँ- नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउने डब्ल्युएचओले चेतावनी दिएको छ।

पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

Advertisement

नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ ।

सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन् ।

जापानमा पनि अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिएको छ । जापानमा चार जनामा पनि नयाँ प्रकारकै भाइरसको संक्रमण भएको जनाइएको छ । यद्यति ती मानिसहरू ब्रजिलमा संक्रमित भएको ठानिएको छ ।

विज्ञहरूका अनुसार नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।