November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोना संक्रमणले विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३ सय १९ पुग्यो

2.7K

काठमाडौं– कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको  मृत्यू भएको हो।  

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ।  

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये  ५२ हजार ९ सय ४५ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।  

Advertisement

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोना भाइरस भेरियन्ट) विरूद्ध अहिले बजारमा आएका खोपहरु प्रयोग गर्न सकिने भएको छ। स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेकलगायतका भ्याक्सिन नयाँ प्रकृतिको  कोरोना भाइरसको विरूद्धमा प्रभावकारी हुने देखाएको हो।