April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

ईण्डोनेशिया भूकम्पः ४२ जनाको मृत्यु, दर्जनौं भवन भत्किए

4.1K

एजेन्सी: इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्प जाँदा ४२ जनाको मृत्यु भएको छ । अस्पतालसहित थुप्रै भवनहरू भत्किंदा ४२ जनाको मृत्यु भएको हो । उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो।

“यो सबै एकदमै छिटो भयो, १० सेकेन्डजति” स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले बताए। उनका अनुसार भूकम्पका बेला उक्त अस्पतालको बिजुली गएको थियो। भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।

Advertisement