April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कोरियाको राष्ट्रपति कार्यालयमा २० लाख कुकुर छोडिदिने चेतावनी

2.4K

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव आएसँगै कृषकहरु सरकारसँग आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् । ‘कुकुर पाल्ने कृषकहरु सरकारको यो प्रस्तावबाट निकै आक्रोशित छौँ । सरकारले गरेको प्रस्ताव फिर्ता नलिए हामी २० लाख कुकुर सडकमा छोडिदिनेछौँ’, कृषक जुयो ओङ्ले भने ।

सरकारले आफूहरुको माग सुनुवाइ नगरे राष्ट्रपति कार्यालय, कृषि मन्त्रालय र कुकुरको मासु प्रतिबन्धमा सहमति जनाउने सांसदहरुको घर तथा कार्यालयमा कुकुर छोडिदिने चेतावनी कृषकहरुको छ ।

Advertisement

सरकारी प्रस्तावको विषयमा कृषकहरु आक्रोशित भएसँगै राजधानी सोल वरपर उच्च सतकर्ता अपनाइएको छ । सुरुवाती चरणमा आन्दोलनमा आएका कृषकहरुले आफूसँगै १०० वटा कुकुर ल्याएर छोड्ने गरेका थिए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा सन् २०२७ सम्म दक्षिण कोरियामा कुकुरको मासु पूर्ण रुपमा प्रतिबन्ध लगाउने उल्लेख छ । यो कानुन पारित भएको अवस्थामा कुकर पालन, कुकुर वध गर्न वधशाला तथा कुकुरको परिकार बिक्री गर्ने रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने छन् ।