April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनमा पारित 

3.8K

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।

ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे ।
६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो ।अमेरिकाको इतिहासमा ट्रम्प पहिलो यस्तो राष्ट्रपति बनेका छन् जोविरुद्ध एकै कार्यकालमा दुई पटक महाभियोग प्रस्ताव पारित गरिएको छ ।

सन् २०१९ को डिसेम्बरमा पनि उनीमाथि महाभियोग लागेको थियो । यद्यपि, सिनेटले उनलाई आरोप मुक्त गरेका थिए । तर त्यतिबेला एकजना पनि रिपब्लिकन सांसदले ट्रम्पविरुद्ध भोट गरेका थिएनन् ।सिनेटमा ट्रायलको क्रममा यदि दुई तिहाई बहुमतले प्रस्ताव पारित हुन्छ भने उनी तत्काल आफ्नो पदबाट हट्नुपर्ने हुन्छ । उनलाई अब कुनै पनि सार्वजनिक कार्यालयमा अयोग्य ठहर गरिदिने सम्भावना रहेको छ ।

Advertisement

तर ट्रम्पको कार्यकाल यसैपनि २० जनवरीमा पूरा हुँदैछ र यति कम समयमा सिनेटमा उनीविरुद्ध ट्रायल पूरा हुन सम्भव छैन ।सिनेटमा रिपब्लिकन नेता मिच मेक्कानेलले यो हप्ता पनि सिनेटको बैठक हुने बित्तिकै राष्ट्रपतिको कार्यालय छोड्ने अघि अन्तिम निर्णय हुन नसक्ने बताएका छन् ।

मेक्कानेलले एक बयान जारी गर्दै भने, ‘यो वास्तविकताको प्रकाशमा मेरो मान्यता यो छ कि राष्ट्रको हितमा यही हुनेछ कि संसद र कार्यपालिका अबको सात दिनभित्र आउन लागेका बाइडेन प्रशासनलाई एक सुरक्षित र सुव्यवस्था सत्ता हस्तान्तरण सुनिश्चित गर्नका लागि प्रयोग गरियोस् ।’
यसअघि बुधबार तल्लो सदनमा थुप्रै घण्टासम्म अत्यधिक तात्तातो बहस भएको थियो ।सभामुख नेन्सी पेलोसीले पूर्व राष्ट्रपति अब्राहम लिंकनको शब्दलाई उद्धृत गर्दै भनिन्, ‘हामीसँग अधिकार छ र जिम्मेवारी पनि ।’