अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्।
तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध दङ्गालाई प्रोत्साहन गरेको आरोप लगाउने योजना छ।
संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो। संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले उक्त कदम यो साता उठाउन सकिने बताए।
तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सेनटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ।
क्लाइबर्नले भने,आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ।