April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुँगुर र चमेराबाट मानिसमा सर्ने निपा भाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु

2.9K

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार निपा भारइस सङ्क्रमणका कारण एक जनाको मृत्यु अगस्ट ३० तारिखका दिन र अर्काको त्यस अघि नै मृत्यु भएको पुष्टि भएको हो ।

दुई वयस्क र एक बच्चा अझै अस्पतालमा संक्रमित छन् भने ७ सय भन्दा बढी व्यक्तिहरूलाई भाइरसको लागि परीक्षण गरिएको छ र संक्रमित चमेरो, सुँगुर वा मानिसहरूको शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिएको, राज्य स्वास्थ्य अधिकारीले बताए ।

सन् २०१८ यता केरलामा यो चौथो निपा भाइरस प्रकोप हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने “जुनोटिक बिमारी” हो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ ।

Advertisement

केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जका अनुसार ति मृतक दुई विरामीको सम्पर्कमा आएका १६८ जनाको पहिचान गरेर उनीहरूमा भाइरस सङ्क्रमण भएको छ कि भनेर परीक्षण भइरहेको छ । उनले राज्य सरकारले स्थिति अनुगमन गर्न कोजिकोडेमा ’कन्ट्रोल रुम’ स्थापना गरेको र स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण ‘प्रोटोकल’ पालना गर्न भनिएको बताइन् ।

केरलाका मुख्य मन्त्री पिनाराई विजयनले भने राज्य सरकारले विरामीको मृत्युको घटनालाई असाध्यै गम्भीर रूपमा लिएको बताए । उनले मास्क लगाउन र इमर्जेन्सी परे मात्रै अस्पताल जान आग्रह गरेका छन् । उनले मृतकको सम्पर्कमा आएका सबैको भाइरस सङ्क्रमणको अवस्था जाँच्न लागिएको र आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

केरलामा निपा भाइरस फैलिएपछि कतिपय बस्तीहरूमा आवतजावत बन्द गरिएको छ । भाइरसको फैलावट रोक्न दौडमा बुधबार केही विद्यालय, कार्यालय र सार्वजनिक यातायात बन्द गरिएको हो । ।