April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

बेलायतको बर्मिङ्घम सहरमा आर्थिक संकट घोषणा

3.4K

काठमाडौं । बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा आर्थिक संकट घोषणा गरिएको छ । बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको हो।

बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा सबै अनावश्यक खर्च बन्द गर्दै टाट पल्टिएको घोषणा गरिएको हो।  बर्मिङ्घम सिटी काउन्सिलसँग भएका सबै वित्तिय स्रोतसाधन समाप्त भएका कारण आवश्यक बाहेकका सबै सेवा ठप्प गरिएको काउन्सिलले बताएको छ। 

आर्थिक वर्ष २०२३/२४ मा बर्मिङ्घमलाई ८७ मिलियन पाउन्ड अर्थात् १४ अर्ब ५२ करोडभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।

Advertisement

बेलायतको सबैभन्दा ठूलो बहुसांस्कृतिक सहरको रुपमा रहेको बर्मिङ्घममा विश्वभर देखिएको आर्थिक सङ्कटको प्रभाव देखिएपछि त्यहाँका नागरिक समस्यामा परेका छन्।  

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बर्मिङ्घमको बारेमा प्रतिक्रिया दिँदै कमजोर व्यवस्थापनका कारण यो अवस्था आएको बताएका छन्।