पछिल्लो २० वर्षमा पहिलोपटक सिंगापुरमा शुक्रबार महिलालाई मृत्युदण्डको सजाय दिइएको हो ।
लागुपदार्थ तस्करीमा दोषी पाइएकी ४५ वर्षीया सारिदेवीलाई फाँसीको सजाय दिइएको हो । सारिदेवी जमानी पूरा नाम गरेकी महिलाले सन् २०१८ मा ३० ग्राम हिरोइन तस्करी गरेकी थिइन् ।
तीन दिनअगाडि मात्र सिंगापुरमा लागुपदार्थ तस्करीकै मामिलामा मोहम्मद अजिज बिल हुसेनलाई मृत्युदण्ड दिइएको थियो ।
उनलाई ५० ग्राम हिरोइन तस्करी गरेको आरोप लागेको थियो । योसँगै सन् २०२२ को मार्चयता सिंगापुरमा मृत्युदण्डको सजाय पाउने व्यक्तिको संख्या १५ पुगेको छ ।