April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

नाइजरमा सैन्य कू, राष्ट्रपति मोहामेद बाजोउम नियन्त्रणमा

2.2K

काठमाडौं । पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैन्य कू भएको छ। त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजोउमको सरकारलाई बर्खास्त गरेको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ ।

राष्ट्रपति बाजोउमलाई राष्ट्रपति कार्यालयमै नियन्त्रणमा लिएको केही घन्टापछि बुधबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै कर्नेल अमाडोउ अब्ड्रामानेले नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेको बाजोउमको शासन अन्त्य गर्ने निर्णय गरेको बताए।  

उनले नाइजरको अन्तर्राष्ट्रिय सीमा बन्द भएको, देशव्यापी संकटकाल घोषणा गरिएको र गणतन्त्रका सबै संस्थाहरू निलम्बन भएको पनि टेलिभिजनमा बताएका छन्।

Advertisement

सैनिकहरूले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने र नियन्त्रणमा लिइएका बाजोउमको रेखदेख आफूहरूले गर्ने बताएका छन्।