April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ग्रिसको जंगलमा भिषण आगलागी, १९ हजारलाई स्थानान्तरण

2.1K

काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएको छ । आगलागीपश्चात १९ हजारभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यो संख्या अझ बढ्न सक्ने भएकोले मानिसहरुको स्थानान्तरण जारी रहेको छ ।

लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार र अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ ।

बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ ।

Advertisement

ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ ।

बीबीसीका अनुसार किओतारी क्षेत्रमा तीन होटल पनि आगोमा जलेका छन् । लेर्मा, लार्डोस् र एक्सिलपियो क्षेत्र आगोबाट प्रभावित भएका छन् । आगो निभाउनका लागि पाँच वटा हेलिकप्टर र १७३ अग्नि नियन्त्रक सहितको टोली खटिएका छन् ।

आगलागीले उत्पन्न संकटका कारण त्यहाँको सरकारले सोमबारको सार्वजनिक विदासमेत स्थगित गरेको बीबीसीले जनाएको छ ।