April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दक्षिण कोरियामा बाढीपहिरोका कारण ४० जनाको मृत्यु

2.1K

काठमाडौं । दक्षिण कोरियामा बाढीपहिरोका कारण ४० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख भएअनुसार उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४० पुगेको हो ।

जुलाइ ९ देखि कोरियाका विभिन्न स्थानमा परेको भारी वर्षा र बाढीपहिरोले जनजीवत कष्टकर बनाएको छ । यसले देशको मध्य र दक्षिणी क्षेत्र बढी प्रभावित बनेको बताइएको छ ।

च्योंग्जुमा मात्रै उद्धारकर्मीहरूले एकै रातमा एउटा टनेलबाट १६ वटा सवारीसाधन र चारवटा शव निकालेका थिए । उक्त टनेलबाट शनिबार ९ वटा शव निकालिएको थियो ।

Advertisement

राष्ट्रपति युन सुक योलले बाढी प्रभावितहरूको उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । युक्रेनको यात्राबाट सियोल फर्किएपछि राष्ट्रपति युनले प्राकृतिक प्रकोपको क्षति न्युनिकरण गर्न मातहतका निकायहरूको बैठक बोलाएर अधिकारीहरूलाई पीडितको उद्धार गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका हुन् ।