September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

हवाई हमलाबाट सिरियामा आइएसका नेता मारिए

935

काठमाडौँ । सिरियामा भएको हवाई हमलामा आइएसका नेता मारिएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको सञ्चारमाध्यममा उल्लेख छ ।

पूर्वी सिरियामा गत शुक्रबार भएको अमेरिकी हवाई आक्रमणमा आईएसआईएसका नेता उसामाह अल–मुहाजिर मारिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले आइतबार जनाएको हो ।

रक्षा विभागले सिरियाको पश्चिमी भागमा उडान गरिरहेको अमेरिकी युद्धयानलाई रुसले अवरोध पारेको समयमा घातक मानव रहित युद्धयान (ड्रोन) हमला सोही दिन गरिएको थियो ।

Advertisement

सेन्टकमका अनुसार मानवरहित यान (ड्रोन )हमलामा कुनै पनि सर्वसाधारणको मृत्यु भएको छैन तर उनीहरूले सर्वसाधारण घाइते भएको विवरणको मूल्याङ्कन गरिरहेको सिबिएसन्यूजले जनाएको छ ।

“लगभग दुई घण्टाको मुठभेडको क्रममा रूसी विमानले १८ वटा अव्यवसायिक उडान नजदिकबाट उडाएका थिए । रक्षा विभागले रूसी सेना “असुरक्षित र अव्यवसायिक व्यवहार” मा संलग्न भएको बारे एक विज्ञप्ति जारी गरेको छ ।

यसैबीच, अमेरिकी अफ्रिका नेतृत्व (कमाण्ड)ले आइतवार सोमाली राष्ट्रिय सेनाको बलको समर्थनमा अल शबाब आतंककारीहरू विरुद्ध दुर्गम क्षेत्रमा रातभर तीन सामूहिक आत्मरक्षा हवाई हमला गरेको बताएको छ।

तस्बिरः फाइलमा आधारित