काठमाडौं । भारतको पश्चिम बंगालमा भइरहेको पञ्चायत चुनावमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको छ ।
शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हिंसामा त्रिणमुल कांग्रेस (टीएमसी)का १० जनाको मृत्यु भएको छ त्यसैगरी भारतीय जनता पार्टी (भाजपा)का ३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का ३ जनाको मृत्यु भएको छ । हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् ।
हिंसाका बीच शनिबार साँझ ५ बजेसम्म करिब ६६.२८ प्रतिशत मतदान भएको थियो । चुनावको नतिजा ११ जुलाईमा घोषणा हुनेछ । यसअघि सन् २०१८ मा पनि पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा हुँदा १० जनाको ज्यान गएको थियो ।