January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

अमेरिकामा कसको वर्चस्व कायम भन्ने बिषय जाेर्जियाकाे चुनावले निर्धारण गर्ने

2.5K

काठमाडौँ – अमेरिकी राज्य जोर्जियामा राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्र्याटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने दोस्रो चरणको चुनावमा भएको छ।

बाइडनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा जित हासिल गर्नुपर्ने हुन्छ।

mostbet

यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ।बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ।

Advertisement

बाइडनले अमेरिकाका आगामी वर्षहरू जोर्जियनहरूले तय गर्ने बताएका छन्।यसैबेला ट्रम्पले चाहिँ मतदाताहरूलाई उनीहरूले माया गर्ने “अमेरिकालाई बचाउनले अन्तिम मौका” भएको बताएका छन्।

हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू सदस्य रहेका छन्।यसपटको चुनावमा लोफ्लरलाई रेभेरेन्ड राफेल वार्नोक र पर्ड्यूलाई पूर्व पत्रकार जोन ओस्सोफले चुनौती दिएका छन्।

गत नोभेम्बरमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत नल्याएपछि मङ्गलबार दोस्रो निर्वाचन भएको हो।जीएमटी समय अनुसार रातको १२ बजे र जोर्जियाको समय अनुसार साँझ ७ बजे मतदान सम्पन्न भएको छ।
उक्त मतदानले सिनेटमा शक्ति सन्तुलतको निर्णय गर्नेछ।

सिनेटमा रहेका १०० सीटमध्ये हाल रिपब्लिकनहरू ५२ सिटमा रहेका छन्।ट्रम्प र बाइडन दुवैले सोमवार साँझ जोर्जियामा र्‍यालीहरूमा सहभागिता जनाएका छन्।

बाइडनले एट्लान्टामा मतदाताहरूलाई भनेका छन्, “जोर्जिया पूरा देशले तपाईँहरूलाई हेरिरहेको छ।”ज्यानुअरी २० मा ह्वाइटहाउस छाड्दै गरेका ट्रम्पले जोर्जियामा र्‍यालीलाई सम्बोधन गर्दै भने, “उनीहरूले यो ह्वाइट हाउस लिइरहेका छैनन्। हामी नर्कजस्तै गरि लडिरहेका छौँ।”स्रोत बिबिसी