लण्डन – बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको र सो संगै संक्रमितहरुको संख्या वृद्धि भएकाले प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा अर्को जानकारी नदिए सम्म लकडाउनको घोषणा गरेका छन् ।
जोनसनले सोमवार साँझ एक टिभी सम्बोधनमा सबै बेलायती घरपरिवारलाई घरमा नै बस्न भनेका छन् । उनीले सरकारको निर्देशन उल्लघंन गरे पुलिसलाई जरिवाना लगाईएको निर्देशनहरू लागू गर्ने अधिकार दिईएको बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार अब निम्न कुराका लागि मात्रै घरबाहिर निस्किन सकिनेछ:
१- खाद्यसामग्री या औषधि खरिद गर्नका लागि ।
२-अत्यावश्यक सेवाका काममा जानका लागि । अन्य काम र कार्यालयहरू बन्द हुनेछन् ।
३ -मेडिकल प्रयोजन या जोखिममा रहेकाहरूलाई मद्दत गर्नका लागि ।
२१ दिनमा बेलायतका अस्पतालहरु भरिभराउ हुनसक्ने : – प्रमुख चिकित्सा अधिकारीहरू
ब्रिटेनका प्रमुख चिकित्सा अधिकारीहरू र एनएचएस इंग्ल्याण्डका चिकित्सा निर्देशकले ‘एनएचएसले थप स्थायी वृद्धि सम्हाल्न सक्छ भन्ने कुरामा विश्वस्त नभएको’ चेतावनी दिएपछि ब्रिटेन कोभिड सतर्कता स्तर पाँच स्तरसम्म बढ्ने सिफारिस गरेका थिए ।
एक विज्ञप्तिमा उनीहरूले भनेका छन् कि आगामी २१ दिनको दौरान धेरै क्षेत्रहरूमा अस्पतालहरुमा संक्रमितहरुको वृद्धि संगै भौतिक अवस्था जोखिममा हुनेछ ।