April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कतारमाथिको नाकाबन्दी हटाउन तयार भयो साउदी अरब

3K

दोहा — साउदी अरबले साढे तीन वर्षअघि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । कुवेतका विदेशमन्त्री अहमद नासिर मोहम्मद अल सबाहका अनुसार मंगलबारदेखि हुन लागेको गल्फ कोअपरेसन काउन्सिलको शिखर सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरब कतारमाथिको नाकाबन्दी हटाउन तयार भएको हो ।

कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग  नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।

Advertisement

कतारले भने बारम्बार ती आरोपहरूलाई अस्वीकार गरिरहेको थियो र अझै पनि गरिरहेको छ ।