काठमाडौं । भारतको गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिदा १३७ जनाको मृत्यु र १०० जना घाइते भएका छन् ।
अझै ५० जना जति सम्पर्कवीहिन रहेको र सुरक्षाकर्मीहरुले उनीहरुको खोज तथा उद्धारको काम जारी राखेका जनाइएको छ । सोमबार विहानसम्म १७७ जनाको उद्धार गरिएको जिन्युजले उल्लेख गरेको छ । घटनास्थलमा सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकल परिचालन गरि खोजी सम्पर्कवीहिन भएकाहरुको खोजी कार्य भइरहेको छ ।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गर्नुका साथै उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ ।