April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

अमेरिकामा गोली हानेर दुई प्रहरीको हत्या

2.5K

एजेन्सी । अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो । गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ ।

गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन । घटनाको विस्तृत विवरण सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको छ ।

Advertisement