April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साउदी अरबमा भेटिए तेल र ग्याँसका ४ नयाँ ठाउँ

2K

एजेन्सी–साउदी अरबले आफ्नो देशका ४ नयाँ क्षेत्रमा तेल र ग्याँसको भण्डारण फेला परेको जनाएको छ। साउदी अरबका ऊर्जामन्त्री अब्दुल अजीज बिन सलमानले तेल र ग्याँसका ४ नयाँ क्षेत्रको खोजी भएको जनाएका हुन्।

साउदी अरबको उत्तर–पश्चिम धाहरनको अल–रीश क्षेत्रमा तेलको भण्डारण फेला परेको हो। पूर्वीप्रान्तको यो सहर साउदी अरबकै तेल उद्योगको प्रमुख प्रशासनिक केन्द्र हो। 

अल–रीशको २ नम्बर भण्डारणबाट दैनिक ४ हजार ४ सय ५२ ब्यारेल कच्च चेल र ३२ लाख स्टयाण्डर्ड क्युबिक फिट प्राकृतिक ग्यास उत्पादन हुने जनाइएको छ। यस्तै, ४ नम्बर भण्डारणबाट दैनिक ३ हजार ६ सय ५४ ब्यारेल कच्चा तेल र १६ लाख स्ट्याण्डर्ड क्युबिक फिट ग्यास र ३ नम्बर भण्डारणबाट दैनिक २ हजार ७ सय ४५ ब्यारेल कच्चा तेल र ३० लाख स्ट्याण्डर्ड क्युबिक फिट ग्यास उत्पादन हुने जनाइएको छ। 

Advertisement

मन्त्री सलमानले अल–रीश क्षेत्र तेल उत्पादनमा महत्वपूर्ण हुने जनाएका छन्।