April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चीनमा चक्कु आक्रमणबाट ७ जनाको हत्या

2.7K

एजेन्सी–चीनको उत्तरपूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिको चक्कु आक्रमणबाट ७ जनाको मृत्यु भएको छ। लियोनिङ प्रान्तको कायायुआनमा भएको घटनामा ७ जना घाइते भएका छन्। 

सरकारी समाचार समिति सिन्ह्वाका अनुसार घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आक्रमण के उद्देश्यले गरिएको थियो भन्ने स्पष्ट छैन।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले अन्धाधुन्द रुपमा मानिसलाई चक्कु प्रहार गरेको थियो। आक्रमणकारी मानसिक बिरामी भएको या कुनै कारणवश बदला लिने उद्देश्यले आक्रमण गरेको आशंका गरिएको छ। आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारी पनि घाइते भएका छन्।

Advertisement

उक्त घटना एक स्कुलबाहिर भएको थियो। आक्रमणका पीडितहरु महिला तथा वृद्धाहरु छन्।