काठमाडौं–नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ।
प्रचण्डलाई भेट्न चिनियाँ टोली खुमलटार पुगेको थियो। भेटमा संसद विघटन र नेकपामा देखिएको विभाजनलगायत नेपालको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको जनाइएको छ।
टोलीले नेकपाका नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने बताइएको छ।
टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो। राष्ट्रपति भवन शीतल निवासमा पुगेर टोलीले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको हो। भेटमा भएको छलफलबारे भने राष्ट्रपति कार्यालयले खुलाएको छैन।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको हो।