November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ओरेगनमा गोली चल्दा ३ को मृत्यु

4.8K

न्युयाेर्क । अमेरिकाको मध्य ओरेगनको एक ग्रोसरी स्टोरमा आइतबार राति भएको आक्रमणमा संदिग्ध बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुका ७ बजेपछि फोरम सपिङ सेन्टरको सेफवेमा गोली चलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

बन्दुकधारीले पसल भित्र पस्नु अघि एआर १५ शैलीको राइफलबाट आक्रमण सुरु गरेको प्रहरीले जनाएको छ । ८४ बर्षका एक ग्राहक ग्लेन एडवर्ड बेनेटलाई प्रवेशद्वार भित्र गोली हानिएको थियो ।

घाइतेलाई अस्पताल लगिएपनि त्यहाँ बचाउन सकिएको थिएन । अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो । हतियार खोस्ने प्रयास गरेका ६६ बर्षका कर्मचारी डोनाल्ड रे सुरेट जूनियरको पनि मृत्यु भएको छ । घटनामा अरु २ जना घाइते भएका छन् ।

Advertisement

प्रहरीले सोमबार गोली चलाउने व्यक्तिको पहिचान सार्वजनिक गरेको छ । बन्दुकधारी नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा बस्ने २० वर्षीय इथान ब्लेयर मिलर रहेको जनाइएको छ ।