November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्छ : अमेरिकी नौसेना प्रमुख

3.2K

न्युयाेर्क । अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ।

‘चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर र ताइवान स्ट्रेटतिर हेर्न बाध्य हुने र त्यसका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने,’ उनले बताएका छन् ।
‘मैले अरू कुनै पनि देशको तुलनामा भारतको यात्रामा धेरै समय बिताएको छु किनभने म उनीहरूलाई भविष्यमा हाम्रो लागि रणनीतिक साझेदार मान्दछु,’ गिल्डेले थपेका छन् ।

Advertisement

गत अक्टोबरमा आफ्नो पाँचदिने भारत भ्रमणको सन्दर्भ उल्लैख गर्दै ‘हिन्द महासागर युद्धक्षेत्र हाम्रो लागि झन् झन् महत्त्वपूर्ण बन्दै गएको छ। भारत र चीनको सीमामा हाल अलिअलि झडप भइरहेको तथ्य यो रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।’

हिमालयमा भारत र चीनबीचको सीमा विवादले बेइजिङका लागि दोहोरो समस्या खडा गर्ने विचार अमेरिकी रणनीतिकारहरू माझ देखिएको निक्की एशियाले रिपोर्ट गरेको छ।