November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले गराइन् लागुपदार्थ प्रयोगको जाँच

2.5K

एजेन्सी । रात्रि क्लबमा नाचेको भिडियो सार्वजनिक भएपछि फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनको लागुपदार्थ प्रयोगको जाँच गरिएको छ। विपक्षी दलहरूले लागुऔषध सेवनको आरोप लगाएपछि प्रधानन्त्री मरिनले आरोप अस्वीकार गर्दै जाँच गराएकी हुन्।

एक दिनअघि मरिनले केही साथी र एक पपस्टारसहित रात्रि क्लबमा मदिरा पिएर रमाइलो गरेको भिडियो सार्वजनिक भएको थियो। प्रधानमन्त्रीले रात्रि क्लबमा रमाइलो गरेको भिडियो सार्वजनिक भएपछि विभिन्न खालका टिप्पणी भएका थिए।

जर्मनीको एक समाचार संस्था ‘बिल्ड’ले फिनल्याण्डकी प्रधानमन्त्री मरिनलाई विश्वकै सबैभन्दा ‘कुल’ प्रधानमन्त्रीका रूपमा प्रशंसा गरेर समाचार प्रकाशित गरेको छ । ३६ वर्षीया सान मरिन साढे २ वर्षअघि फिनल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन्।

Advertisement

उनीप्रधानमन्त्री भएलगत्तै फिनल्याण्डले कोरोना महामारी सामना गर्नु परेको थियो भने हाल युक्रेनमाथि जारी रुसी कारबाहीका कारण पनि फिनल्याण्ड केही अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको छ।