March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

इमरान खान विधानसभाका लागि रिक्त सबै नौ स्थानमा आफैं लड्ने

3.9K

काठमाडाैं । पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उप-चुनावमा शनिबार सबै नौ स्थानबाट आफैं लड्ने घोषणा गरेका छन्।

पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उप-चुनावको तालिका जारी गरेपछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाड चौधरीले पत्रकार सम्मेलन गर्दै इमरान खानको उम्मेदवारीलाई पुष्टि गरेका हुन्।

pinup pin up pin up pinup

एआरवाई न्यूजका अनुसार पत्रकारहरूसँगको भेटमा इमरान खानले भने, ‘यो वर्ष चुनाव हुन्छ, सरकारी दलहरु आफूलाई एक्लाउन चाहन्छन्, तर  हरेक मञ्चमा शासकहरूविरुद्ध संघर्ष गर्न म तयार हुनेछु।’

Advertisement

‘मलाई अयोग्य बनाउने सरकारी गठबन्धनको योजना कहिल्यै पूरा हुने छैन’, उनले भने।

पूर्व प्रधानमन्त्री खानले सिकन्दर सुल्तान राजालाई पाकिस्तानको निर्वाचन आयुक्त (ईसिपी) को रूपमा नियुक्त गर्नु ठूलो भूल भएको बताए।

‘लोकप्रिय समर्थन भएका नेताहरूलाई निर्मूल पार्न सकिँदैन,’ उनले आफूप्रति पाकिस्तानी नागरिकको अथाह समर्थन रहेको दावी गर्दै भने।

पूर्वप्रधानमन्त्री खानले नौ वटै सिटमा उपचुनाव लड्ने घोषणाले धेरैलाई झस्काएको छ। केही टिप्पणीकारहरूले पीटीआई अध्यक्षले अन्य कुनै उपयुक्त उम्मेदवार भेट्टाउन सकेनन् कि भनी प्रश्न उठाएका छन्। 

प्रभात पत्रिकाका अनुसार पाकिस्तानका स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सञ्जाल (फाफेन) का प्रतिनिधि मुदसीर रिज्वीले सिट खाली भएपछि निश्चित समयसीमाभित्र उपनिर्वाचन को व्यवस्था गरिएको र यो प्रावधानको संविधानले व्यवस्था गरेको बताए।

उनले भने, ‘उम्मेदवारलाई धेरै सिटमा प्रतिस्पर्धा गर्न दिने तर एक मात्र कायम राख्ने व्यवस्था गरिएको छ।’ 

इमरान खान पाकिस्तानको प्रधानमन्त्री रहेका समय विपक्षीहरूको आन्दोलनलाई साथ दिँदै पाकिस्तान तेहरिक–इ–इन्सानका राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामुहिक राजीनामा दिएका थिए। पाकिस्तानका तत्कालिन उपसभामुख कासिम सुरीले उनीहरूको राजीनामा स्वीकृत गरेपछि उक्त सीट खाली भएको हो।

निर्वाचन आयोगले सेप्टेम्बर २५ राष्ट्रिय सभाका नौ वटै सीटमा उप–चुनाव हुने घोषणा शुक्रबार गरेको थियो।