दोहा – फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् ।
कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन् ।
विश्वब्यापी रुपमा २ लाख १० हजारले भाइरससँग लड्नका लागि खोप प्रयोग गरिसकेको पनि उनले बताए ।
यस्तै कुवेतका स्वास्थ्य मन्त्री डा. सबाहले पनि खोप लगाउँदै भाइरसविरूद्ध खोप अभियान सुरु गरिएकाले अब जोखिम केही कम हुने जनाएका छन् ।