November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ताइवानको सीमा क्षेत्रमा चीनको सैन्य अभ्यास सुरु

2.4K

काठमाडौं :  चीनले ताइवानसँगको सीमा क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ। 

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवान आसपासको क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको हो। चीनले संसारको सबैभन्दा व्यस्त जलमार्गमा सैन्य अभ्यास हुने र लामो दूरीसम्म गोला–बारुद्ध प्रहार हुनेसमेत बताइसकेको छ। 

यो अभ्यासबाट जोगिन ताइवानले आफ्ना जहाजहरुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ। जापानले छिमेकी मुलुकहरुसँगको हवाइमार्गमा समेत विकल्पको खोजी गरेको छ। यसअघि चीनको चेतावनी र अमेरिकी राष्ट्रपति जो बाइडेनकै असहमतिका बाबजुद पेलोसी मंगलबार ताइवान पुगेकी थिइन्। 

Advertisement

भ्रमणबाट फर्किँदै गर्दा ताइवानलाई एक्लो नछोड्ने पेलोसीको अभिव्यक्तिपछि चीन थप आक्रोशित देखिएको छ। यसअघि जी सेभेनको बैठकमा चिनियाँ गतिविधिले ताइवान र आसपासका क्षेत्रमा अस्थिरता फैलिन लागेको चर्चा भएको थियो। 

यस्तै सीमा क्षेत्रमा चिनियाँ लडाकु विमानहरुको गतिविधि बढेपछि ताइवानले पनि आफ्नो आकाशमा लडाकु विमानको उपस्थिति बढाएको छ। उसले चिनियाँ लडाकु विमानको निगरानीका लागि वायु सेना परिचालन गरेको उल्लेख गरेको छ।