काठमाडौं । अमेरिकाको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित केन्टकी राज्यमा अविरल वर्षाका कारण आएको आएको बाढीमा परी एकै परिवारका चार बच्चासहित २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझैं बढ्न सक्ने केन्टकीका गभर्नरले जनाएको छ ।
बर्षाका कारण विद्युत आपूर्ति बन्द भएको छ । कम्तिमा २५ हजार घरमा विद्युत अवरुद्ध भएको छ । बाढी प्रभावित स्थानहरूमा संकटकाल घोषणा गरिएको छ ।
प्रशासन उद्धारमा जुटिरहेको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । जलवायु परिवर्तनका कारण अमेरिकाको पश्चिमी क्षेत्रमा भीषण गर्मी र सुख्खापन बढेको छ । उता, दक्षिण-पूर्वी क्षेत्रमा भने अविरल बर्षाका कारण बाढी आइरहेको छ ।
स्थानीय प्रशासनले नेशनल गार्डको सहायतामा करिब ५० हेलिकप्टर र १०० डुंगाको सहायतामा उद्धार भइरहेको छ । राज्यको एक जिल्लामा एकै परिवारका चार बच्चाको बाढीमा परी मृत्यु भएको छ । बच्चाको उमेर १ वर्षदेिख ८ वर्षसम्मका रहेका छन् ।