April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कतारमा कोरोनाविरूद्ध खोप अभियान सुरु

2.6K

दोहा- कतारमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरु भएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अभियान कतारमा पनि सुरू भएको हो ।

पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक ७९ बर्षीय डा. अब्दुल्लाह अल कुबैसीले अल वजबा  स्वास्थ्य केन्द्रमा पुगेर लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए ।

पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुका लागि खोप उपलब्ध हुनेछ ।

यसैगरी १६ बर्ष वा माथि उमेरका गम्भीर र दीर्घ रोगीहरू र वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ। सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू  मार्फत खोप दिने जनाएको छ ।