अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले उनलाई संक्रमण भएको पुष्टी गरेकी हुन् । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ ।
७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।