एजेन्सी- कोभिड–१९ संक्रमण फैलिएको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।
केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि फेरि लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।
बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि युरोपेली मुलुकहरूले लकडाउनको विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।
कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ ।
सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।