पेरिस– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण भएको छ। बिहीबार कोरोना पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा बस्न लागेको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि आइसोलेसनमा बस्ने राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ। उनी आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने कार्यालयद्वारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ।
उनी आगामी मंगलबार र बुधबार लेबनान जाने कार्यक्रम थियो। कोरोना संक्रमण भएपछि सो भ्रमण हालका लागि स्थगित भएको बताइएको छ।