February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

सुँगुरको मुटू प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु

२०७८ फाल्गुन २६

2.3K

वासिङटन । सुँगुरको मुटू प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत अनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए ।

५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्ततः ८ र्माचमा उनको मृत्यु भएको बताएका छन् ।

बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया ‘अँध्यारोमा निशाना लगाउनु’ जस्तै भएको बताइएको छ । बेन्नेट बाँच्ने सम्भावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ म्यारिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई सुँगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति प्रदान गरेको थियो । मुटु प्रत्यारोपण गरिनुअघि पनि ६ सातासम्म निकै थला परेका उनलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो ।

Advertisement